झापा, ३ मंसिर । पत्रकार भीमा शिवाकोटीलाई मातृशोक परेको छ ।
नेपाल पत्रकार महासंघ झापाकी पूर्व उपाध्यक्ष एवम् नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष शिवाकोटीकी आमा पम्फादेवी शिवाकोटीको आज साँझ ८२ वर्षको उमेरमा आकस्मिक निधन भएको हो ।
स्व. पम्फादेवी शिवाकोटी लामो समयदेखि दमको विरामी हुनुहुन्थ्यो । कनकाई–५ लालपानी विहानीचोकस्थित निजी निवासमा उहाँको निधन भएको हो ।
उहाँको दुई छोरीहरु गोमा सिग्देल र भीमा शिवाकोटी हुनुहुन्छ भने चार छोरा ज्ञानेन्द्र शिवाकोटी, इन्द्र शिवाकोटी, बासुदेव शिवाकोटी र नवराज शिवाकोटी हुनुहुन्छ ।
विहीवार विहान ११ बजे स्व. शिवाकोटीको शवयात्रासहित कनकाई आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतबाट बुझिएको छ ।