८ मंसिर २०८२, आइतवार

मेचीनगरको बारुणयन्त्रका इञ्चार्ज गुरागाईको निधन

८ मंसिर २०८२, आइतवार
Image

झापा, ७ मंसिर । मेचीनगर नगरपालिकाको बारुणयन्त्र इकाइका इञ्चार्ज दिनेश गुरागाईको आज ५९ वर्षको उमेरमा निधन भएको छ ।

नगर प्रहरी सहायक निरीक्षक  पदमा कार्यरत उहाँको विहान साढे पाँच बजे निजी निवासमा मेचीनग -७ स्थित ईटाभट्टामा निधन भएको हो ।

गुरागाई गत एक वर्षदेखि पायल्स रोगबाट ग्रसित हुनुहुन्थ्यो । 

उहाँका  कान्छा छोरा नरेश गुरागाईको यसअघि नै निधन भएको थियो । अब उहाँकी श्रीमती तुलसा, जेठा छोरा राजेश, वुहारी निर्मला र नाति निश्चल गुरागाई छन् ।

एक कुशल,  इमानदार र राष्ट्र सेवकप्रति वफादार असई गुरागाई नगरपालिका स्थापना कालदेखिनै नगर प्रहरीमा कार्यरत हुनुहहुन्थ्यो । गुरागाईको निधनमा आज नगरपालिकाले शोक विदा दिएको छ ।