१३ मंसिर २०८२, शुक्रवार

विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण

१३ मंसिर २०८२, शुक्रवार
Image

मेचीनगर, १२ मंसिर । प्रविधिको सही प्रयोग गरौं ःलैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा–११ र १२ का विद्यार्थीहरुलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिएको हो ।

नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिभावक तथा छोराछोरीहरुले निर्णायक भूमिका निर्वाह गर्न नसक्दा कहिले काहिँ दुर्घटना पर्न सक्ने बताइन् । उनले प्रविधिको सही प्रयोग गर्न सके विद्यार्थीहरुको भविष्य उज्जवल हुने जोड दिइन् ।

उपप्रमुख उप्रेतीकै अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले इन्टरनेट अब जीवन प्रणाली भइसकेको बताएका छन् ।

उनीहरुका अनुसार कहिले काहिँ प्रविधिको दुरुपयोग हुँदा हिंसा भड्किन सक्छ, त्यसैले विद्यार्थीहरु सचेत रहनु पर्दछ । विद्यालयमा पढाउने शिक्षक भन्दा गुगल नै टिचर भइसकेको अवस्था रहेको बक्ताहरुको भनाई छ ।

विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ लैङ्गिक हिंसा  प्रतिकार्य विज्ञ कमला उप्रेती, इलाका प्रहरी कार्यालय धुलाबारीकी सई मिलनकुमारी राई लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।