५ माघ २०८२, आइतवार

विचार्नी बजारमा कपडा बैंक सञ्चालन

१८ मंसिर २०८२, बुधवार
Image

मेचीनगर, १७ मंसिर । युथ फर सोसाइटी मेचीनगर १५ ले विचार्नी बजारमा कपडा बैंक सञ्चालनमा ल्याएको छ। 

सामाजिक उत्तरदायित्वका रूपमा आर्थिक कठिनाइ भोगिरहेका परिवारका लागि उपयोगी सावित हुने अपेक्षाका साथ कपडा बैंक शुरु गरिएको सोसाइटीले जनाएको छ।

कपडा बैंकमा जो–कसैले नयाँ वा राम्रो अवस्थामा रहेका कपडा राखेर सहयोग गर्न सक्ने र आवश्यक परेकाले नि:शुल्क रूपमा कपडा लिन सक्ने व्यवस्था गरिएको छ।

“हुनेले दिने, नहुनेले लिने” मान्यतामा आधारित यो अभियानले पूर्णतः मानवीयताको भावना बोकेको छ।