२४ पुष २०८२, बिहिवार

मेचीनगर मिडिया फुटबल कपको खेल तालिका सार्वजनिक

२२ पुष २०८२, मङ्गलवार
Image

मेचीनगर, २२ पुस । प्रेस क्लव मेचीनगरले पुस २७ र २८ गते काँकरभिट्टा खेलमैदानमा आयोजना गर्ने इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खेल तालिका सोमवार एक कार्यक्रमबीच सार्वजनिक गर्नु भएको हो ।

भारतका दुईसहित आठ वटा मिडिया टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । पुस २७ गते उद्घाटनसहित अधिकांश खेल हुने र २८ गते सेमी र फाइनल खेल हुने भएको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट मेचीनगर, भद्रपुर, बुद्धशान्ति, कनकाई, अर्जुनधारा र दमकको प्रेस क्लव भिड्नेछन् भने भारतीय दुई टिममा दार्जीलिङको तराई प्रेस क्लव र टिम इन्डियाले प्रतिष्पर्धा गर्ने निश्चित भएको आयोजक क्लवका सचिव प्रविन अधिकारीले जानकारी दिनुभयो ।

खेल तालिका सार्वजनिक कार्यक्रमको अध्यक्षता प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले गर्नु भएको थियो । सो अवसरमा झापाका पत्रकारहरुको  बाक्लो उपस्थिति रहेको थियो ।