झापा, २२ पुस । बुद्धशान्ति गाउँपालिका वडा नं. ३ डाँडागाउँमा एउटा भाले हात्ती आज विहान मृत फेला परेको छ ।
स्थानीय लालबहादुर रसाईलीको खेतमा जंगली हात्ती मृत फेला परेपछि इलाका प्रहरी कार्यालय बुधवारेको प्रहरी टोली र डिभिजन बन कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।