इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप
इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप
झापा, २८ पुस । प्रेस क्लब मेचीनगरद्वारा आयोजित इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को पहिलो दिन चार वटा प्रेस क्लवको टोली सेमी फाइनलमा पुगेका छन् ।
प्रतियोगिता आइतवार काँकरभिट्टा खेल मैदानमा सुरुभएको भएको हो । एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले ब्यानर बाचन गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा प्रेस क्लब भद्रपुर र अर्जुनधारा प्रेस क्लबबीच पहिलो खेल भएको थियो । जसमा एकका विरुद्ध तीन गोल अन्तरले प्रेस क्लब भद्रपुर सेमिफाइनलमा प्रवेश गरेको थियो ।
दोस्रो खेल आयोजक मेचीनगर प्रेस क्लब र सुरुङ्गा प्रेस क्लबबीच भएको थियो । प्रतियोगितामा एका विरुद्ध तीन गोल अन्तरले नै प्रेस क्लब मेचीनगरले सेमिफाइनलको यात्रा तय गरेको थियो । खेलमा दुई गोल गर्ने पत्रकार युवराज आचार्य म्यान अफ दि म्याच घोषित भई पुरस्कृत हुनु भएको थियो ।
तेस्रो खेल तराई प्रेस क्लब भारत र प्रेस क्लब दमकबीच सम्पन्न भएको थियो । यस खेलमा शुन्यका विरुद्ध एक गोल गर्दै तराई प्रेस क्लब दार्जीलिङले जीत हासिल गरेको थियो ।
टिम इन्डिया र बुद्धशान्ति प्रेस क्लब बीचको अन्तिम खेलमा शुन्यका विरुद्ध दुई गोल गर्दै बुद्धशान्ति प्रेस क्लबले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
सोमवार सोमिफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ । नेपाल र भारतका पत्रकारबीच आपसी सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक इन्डो–नेपाल मेचीनगर मिडिया कप–२०८२ आयोजना गरिएको आयोजक क्लवका सचिव प्रविण अधिकारीले बताउनुभयो ।
मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाण पत्र र अन्य बिधामा समेत प्रोत्साहन स्वरुप पाउनेछन् ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासघ झापाका उपाध्यक्ष सुब्रत न्योपाने, मेचीनगरका सामाजिक शाखा संयोजक हृदय राजबशी, मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, सचिब सागर ओली, अग्रज पत्रकार माधव बिद्रोही, प्रेस क्लब मेचीनगरका सस्थापक अध्यक्ष सन्तोष आचार्य लगायतको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत र सचिव प्रबिण अधिकारीले सञ्चालन गर्नु भएको थियो ।
