७ फागुन २०८२, बिहिवार

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

४ फागुन २०८२, सोमवार
Image

झापा, ४ फागुन । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ बर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

स्थानीय तुलबहादुर थापा मगरको घरमा अबैध हातहतियार र लागु औषध लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले आइतबार छापा मारेको थियो । सो अवसरमा प्रहरीले उहाँका २२ बर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लाष्टिकको ड्रमभित्र लुकाई छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउण्ड बरामद गरको हो ।

घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम कारवाही हुने उहाँको भनाई छ ।