१३ फागुन २०८२, बुधवार

मतपत्रसहितका सामाग्री जिल्ला आइपुग्यो

१३ फागुन २०८२, बुधवार
Image

झापा, १३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्रसहितका सामाग्री जिल्ला आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ । 

झापा क्षेत्र नम्बर १ निर्वाचन कार्यालयका प्रमुख गोपी विश्वकर्माले प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रणालीका लागि मतपत्र आइसकेको जानकारी दिनुभयो । 

उहाँले जिल्लामा आएका मतपत्रसहितका सामाग्री पाँच वटै निर्वाचन अधिकृतको कार्यालयमा रहेको जानकारी दिनुभयो ।