२१ फागुन २०८२, बिहिवार

झापा कारागारमा मतदान सम्पन्न, शतप्रतिशत मत खस्यो

२१ फागुन २०८२, बिहिवार
Image

झापा, २१ फागुन ः जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको कार्यालय प्रमुख रेवन्त भट्टराईले बताउनुभयो । 

उहाँका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो । सोही अनुसार नै मत खसेको उहाँले बताउनुभयो । 

उहाँले सर्जमिन मुचुल्का गरी मतपेटिका सिल गरिसकिएको समेत जानकारी दिनुभयो ।