मेचीनगर, २३ चैत । रोटरी क्लव अफ मेचीनगरले मेचीनगर वडा नं. ७ स्थित अरनिको माविमा छात्रामैत्री शौचालय निर्माण गरेको छ ।
रु. सात लाख ५० लाखको लागतमा नवनिर्मित दुईकोठे पक्की शौचालयको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।
क्वलकी अध्यक्ष शर्मिला पाठकले मेचीनगर–७ र १५ का वडाध्यक्ष क्रमशः प्रह्लादमणि ओली र राजन भट्टराईको समुपस्थितिमा शौचालय भवनको शिलापत्र अनावरण गर्नुभयो ।
उक्त भवन निर्माणमा रोटरीका सदस्यहरुले सहयोग जुटाएका थिए । जसमा नबिल बैंक र महालक्ष्मी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा सेवामार्फत आर्थिक सहयोग गरेको क्लवकी अध्यक्ष पाठकले बताउनुभयो ।
वडाध्यक्ष प्रह्लादमणि ओली र विद्यालयका प्रअ विशाल भट्टराईले आर्थिक संकटबाट गुज्रिरहेको एउटा ग्रामीण विद्यालयलाई सहयोग पुर्याएको भन्दै रोटरी क्लव र दाताहरुको सराहना गर्नु भएको छ ।