धुलाबारी, २३ चैत । महालक्ष्मी कृषि सहकारी संस्था धुलाबारीले शेयर सदस्यहरुलाई डिजिटल वित्तीय साक्षरता सम्बन्धी एक दिवसीय तालिम प्रधान गरेको छ ।
मेची उद्योग बाणिज्य संघको सभाहलमा सोमबार आयोजित तालिमको उद्घाटन मेचीनगर सहकारी समन्वय समितिको संयोजक रेणुका डाँगीले गर्नुभएको थियो ।
उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै डिजिटल प्रणालीले सबै कारोवारको हिसाकिताब पारदर्शी हुने बताउनुभयो । उहाँले प्रविधिमैत्री युवा पुस्तालाई सहकारीमा आवद्ध गराउन डिजिटल सेवा अनिवार्य भइरहेको अवस्था यस्ता तालिमले सहयोग पुग्ने बताउनुभयो ।
संस्थाकी अध्यक्ष टीका सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाका प्रमुख प्रेमकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष सुवेदीले सहकारीलाई सुरक्षित, छिटो र विश्वसनीय बनाउन समेत तालिमले सहयोग पुग्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले डिटिजल प्रविधिको प्रयोग भरपर्दो, सजिलो हुनुका साथै जोखिम र चोरीको डर कम हुने समेत बताउनुभयो ।
अनिमेश खनाल र प्रविन सत्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा मेचीनगर बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष पुष्पा भण्डारी, सामुदायिक वन महासंघ मेचीनगरकी अध्यक्ष जानुका ओली, सामाजिक अभियान्ता मिरा पोखरेल, मेचीनगर लेडीज जेसीजकी अध्यक्ष रीता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रेमकुमारी सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाले प्रकाशन गरेको क्यालेण्डर र नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न भएको थियो ।