१७ वैशाख २०८३, बिहिवार

कचनकबलमा १८ जना विद्यार्थी बोकेको स्कुल बस पल्टियो

१७ वैशाख २०८३, बिहिवार
Image

मेचीनगर, १७ बैशाख । कचनकबल–३ को भित्री सडकमा आज विहान नौ बजेतिर स्कुल बस पल्टिदा बससँग ठक्कर खाएको मोटरसाइकलका चालक र १२ जना विद्यार्थी घाइते भएका छन् ।

पल्टिएको बस विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख४४८२ नम्बरको रहेको बुझिएको छ ।

विद्यार्थी ओसारिरहेको अवस्थामा बसले प्र१–०१–०१३ प३४८२ नम्बरको मोटरसाइलकलाई ठक्कर दिएको थियो । मोटरसाइकललाई ठोक्काएपछि बस अनियन्त्रित भएर पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बसमा १८ जना विद्यार्थी थिए । विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा ११ जना घाइतेको उपचार भइरहेको छ भने दुई जना घाइतेलाई अभिभावकहरुले अन्यत्रै लगेका छन् ।

मनमोहन अस्पतालमा उपचार भइरहेका घाइतेहरुको नाम यसप्रकार छ ।

१२ वर्षीय अभिषेक राजबंशी, नौ वर्षीय अर्जुन राजबंशी, ११ वर्षीय धर्मेन्द्र राजबंशी, सात वर्षीया खुशबु श्रेष्ठ, नौ वर्षीय करण राजबंशी, १० वर्षीया प्रतिक्षा राजबंशी, पाँच वर्षीया बाटिका राजबंशी, चार वर्षीय सुमन राजबंशी, आठ वर्षीया श्रृजना राजबंशी र चार वर्षीय दिपेन राजबंशी ।

मोटरसाइकलका चालक एवम् घाइते कचनकबल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको पनि मनमोहनमै उपचार भइरहेको छ ।

(फोटो ः एआईद्वारा निर्मित)