१८ असार २०८३, बिहिवार

अध्यक्ष बनेको पहिलो दिन नै विद्यालयमा स्वास्थ्य शिविर

१८ असार २०८३, बिहिवार
Image

मेचीनगर, १८ असार । रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको कार्यभार दिनेश शाक्यले सम्हाल्नु भएको छ । 

रोटरीको अन्तराष्ट्रिय नियम अनुसार जुलाई १ तारिखदेखि नयाँ समितिको कार्यभार सुरु हुन्छ । यस अघि रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष शर्मिला पाठक रहनु भएको थियो ।

नयाँ अध्यक्ष शाक्यले जिम्मेवारीको सुरुवात मेचीनगर–१५ ज्यामिरगढीस्थित ज्ञानदीप आधारभूत विद्यालयमा दन्त परीक्षण सम्बन्धी स्वास्थ्य शिविरमार्फत गर्नु भएको छ ।

बुधवार रोटरी क्लव अफ मेचीनगरद्वारा प्राविका ९० जना विद्यार्थीको निःशुल्क दाँत परीक्षण गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । उक्त स्वास्थ्य शिविरको प्राविधिक सहयोग धुलाबारीस्थितत सिटी डेन्टल केयरले गरेको थियो ।

कार्यक्रममा डेन्टल सर्जन डा. लक्ष्मी कार्की, प्राविधिक सहयोगी मनिसा मेचेको टोलीले दाँतको परीक्षण र उपचार गरेको थियो । सो अवसरमा विद्यार्थीहरुलाई दाँत सफा गर्ने ब्रस र पेस्ट समेत निःशुल्क वितरण गरिएको थियो ।

अध्यक्ष शाक्यको सभापतित्वमा भउको कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष किशोर क्षेत्री, विद्यालयकी प्रधानाध्यापक अन्जु भट्टराई, पत्रकार ज्ञानेन्द्र निरौलाले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।