५ भदौ २०८३, शुक्रवार

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

५ भदौ २०८३, शुक्रवार
Image

झापा, ५ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन बर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्याली भएको छ ।

जनचेतना महिना केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि र विद्यार्थीहरुको सहभागिता रहेको विरोध र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । 

र्यालीमा ‘हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे’ जस्ता नारा लगाइएको थियो । र्यालीपछि आयोजित कोणसभालाई जनचेतना केन्द्रकी संयोजक राधा प्रधान कार्की,मेचीनगर नगरपालिकामा सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, मेचीनगर लेडीज जेसीजकी अध्यक्ष रिता प्रधान,युवा नेता विक्की मजुमदार र विद्यार्थीहरुले सम्बोधन गरेका थिए ।