धुलाबारी, १० भदौ । चारआली स्थित प्रगति महिला कृषि सहकारी संस्थाको सातौँ अधिवेशनबाट नयाँ सञ्चालक समिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
निर्वाचन समितिका संयोजक दिपेन्द्र कार्कीका अनुसार अधिवेशनले अध्यक्षमा गंगादेवी राजवंशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा कमला तामाङ, सचिवमा कृष्णकुमारी सुवेदी चापागाईँ र कोषाध्यक्षमा प्रभादेवी क्षेत्री चयन हुनुभएको छ।
त्यसैगरी सञ्चालक समितिको सदस्यहरूमा ठुकमाया खड्का, रुखमिना अधिकारी, विरना मिश्र, निर्मला कुमारी कार्की र मेनुका प्याकुरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
अधिवेशनले देवीका भण्डारी संयोजक रहने गरी लेखा समिति समेत गठन गरेको छ। लेखा समितिको सदस्यहरूमा विमला मिश्र र सबिता राई (खवास) रहनुभएको छ।