२८ वैशाख २०८२, आइतवार

अहिले भर्खरै

ट्रम्पको दावी– ‘भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भए’

२७ वैशाख २०८२, शनिवार
Image

झापा, २७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम गर्न सहमत भएको दावी गरेका छन् । 

उनले आज केहीबेर अघि सामाजिक सञ्जालमार्फत अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएको घोषणा गरेका हुन् ।

बिगत केही दिनदेखि एक अर्काविरुद्ध मिसाइल र ड्रोन हानाहान गरिरहेका युद्धरत् भारत र पाकिस्तानको युद्धविराम बारेमा धारणा आउन बाँकी छ ।