२९ वैशाख २०८२, सोमवार

एकीकृत समाजबादीको झापा अध्यक्षमा वीपी सर्वसम्मत

२८ वैशाख २०८२, आइतवार
Image

झापा, २८ वैशाख । युवा नेता वीपी भट्टराई नेकपा एकीकृत समाजबादीको झापा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

उहाँको नेतृत्वमा पार्टीको ६१ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।

पार्टीको दशौं जिल्ला अधिवेशन शनिवार विर्तामोडमा सुरु भएको थियो । आज नयाँ कार्य समिति चयन भएको हो ।

नवनिर्वाचित जिल्ला समितिको दुई जना उपाध्यक्ष पदमा नविन इजम र सरस्वती लिम्बु हुनुहुन्छ । सचिवमा सानुकुमार लामा, तीन जना उपसचिव पदमा होम बराल, श्री मिश्र र उदय बरायली सर्वसम्मत हुनु भयो ।

नेकपा एमालेबाट राजनीतिक जीवन सुरु गर्नु भएको भट्टराई नेकपा एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजबादी पार्टीमा लाग्नु भएको थियो । यसअघि उहाँ सो पार्टीको सचिव हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले शनिवार पार्टीको दशौं जिल्ला अधिवेशनको विधिवत् उद्घाटन गर्नु भएको थियो । सोही अवसरमा झापा विद्रोहका नेता नरेश खरेल, प्रगतिशील साहित्यकार पुण्यप्रसाद खरेल लगायतलाई पार्टीका तर्फबाट सम्मान गरिएको थियो ।