३० भदौ २०८२, सोमवार

आज मन्त्रीहरुको शपथग्रहण, सुधन गुरुङ असन्तुष्ट

३० भदौ २०८२, सोमवार
Image

झापा, ३० भदौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका तीन जना अगुवालाई मन्त्री नियुक्त गर्नु हुने भएको छ । जसको आज विहान साढे ११ बजे शपथग्रहण हुने भएको छ ।

मन्त्री नियुक्त हुन लाग्नु भएकाहरुमा अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ र अर्थविद् रामेश्वर खनाल हुनुहुन्छ ।

राष्ट्रपति कार्यालयले शपथग्रहण कार्यक्रम हुने पुष्टि गरेको छ । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह राष्ट्रपति कार्यालय शितल निवासमै हुने भएको छ ।

जेनजी पुस्ताको प्रतिनिधित्व नभएको भन्दै सुधन गुरुङ समूहले आइतवार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको जनाइएको छ ।

रास्वपा परित्याग गर्नु भएकी नेतृ सुमना श्रेष्ठ पनि मन्त्री बन्ने सम्भावना बताइएको थियो । तर, अहिले उहाँको नाम आइरहेको छैन ।