झापा, ३० भदौ । नवनियुक्त तीन मन्त्रीले आज शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट तीन मन्त्रीले शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गर्नु भएको थियो ।
अर्याललाई गृहसहित कानुन र घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत सहभागी छन् ।