२ असोज २०८२, बिहिवार

निजी निवास जलेपछि भाडाको घरमा पूर्वप्रधानमन्त्री ओली

२ असोज २०८२, बिहिवार
Image

झापा, २ असोज । जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सेनाको सुरक्षाबाट भाडाको घरमा सर्नु भएको खबर छ ।

भदौ २३ गते जेनजीले आन्दोलनको क्रममा प्रहरीको गोली लागी थुप्रै हताहत भएपछि ओलीले भदौ २४ गते पदबाट राजीनामा दिनु भएको थियो । त्यसपछि उहाँलाई सुरक्षाका लागि नेपाली सेनाले नियन्त्रणमा राखेको थियो ।

ओली नेकपा एमालेका युवा नेता महेश बस्नेतको पहलमा बस्नेतकै निवास रहेको भक्तपुरको गुण्डुमा सर्नु भएको हो । उहाँका निम्ति भाडाको एउटा घर लिइएको छ । 

बालकोटस्थित ओलीको निजी निवास जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको थियो । सम्भवतः शुक्रवार उहाँ सार्वजनिक हुने सम्भावना बताइएको छ ।