झापा, २ असोज । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनमा सहभागी भएर ज्यान गुमाउने व्यक्तिका परिवारलाई काजकिरिया लागि प्रतिपरिवार रु. १ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आज बसेको मन्त्रीपपिरषद्को बैठकले उक्त निर्णय गरेको बताउनुभयो ।
यो सहयोग कोशी प्रदेशमा भएको आन्दोलनका क्रममा मृत्यु भएकाहरुले मात्रै पाउनेछन् । जेनजी आन्दोलनका क्रममा झापाका दुई जनासहित कोशी प्रदेशमा १० जनाको मृत्यु भएको थियो ।
बैठकले कोशी प्रदेशमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरुका लागि प्रदेश सरकारले उपचार खर्च व्यहोर्ने भएको छ ।