२ माघ २०८२, बिहिवार

श्रम संस्कृति पार्टीद्वारा झापामा उम्मेद्वार चयन

२ माघ २०८२, बिहिवार
Image

झापा, ३० पुस । श्रम संस्कृति पार्टीले झापाको पाँच वटै निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा पार्टीको प्रत्यक्षतर्फबाट उम्मेद्वार चयन गरेको जनाएको छ ।

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङको नेतृत्वमा हालै गठन भएको उक्त पार्टीले झापामा उम्मेद्वारको चयन गरेको पार्टीका केन्द्रीय सदस्य केवलराम राईले बताउनुभयो ।

उहाँका अनुसार पार्टीका तर्फबाट निर्वाचन क्षेत्र नं. १ मा केवलराम राई, क्षेत्र नं. २ मा केशव भण्डारी, क्षेत्र नं. ३ मा दिपक तिम्सिना, क्षेत्र नं. ४ मा अमृता राई र क्षेत्र नं. ५ मा शिवम् रोरानी मगरलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो रहेको छ । पार्टीले जिल्लाका १५ वटै पालिकामा संगठन विस्तार गरिसकेको र चुनावमा होमिएको जनाएको छ ।

क्षेत्र नं. ३ मा उम्मेद्वार चयन हुनु भएको दिपक तिम्सिनाले श्रम संस्कृति पार्टीप्रति श्रम, विकास र सुशासन चाहने जनसमुदायको आकर्षण बढिरहेको बताउनुभयो । पार्टीका कार्यकर्ताहरुले गाउँ गाउँमा स्वस्फुर्त श्रम अभियान सञ्चालन गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।