झापा, ३ माघ । झापाका प्रखर माओबादी नेता एवम् नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक राजु आचार्य (कमरेड अग्नि)ले पार्टी परित्यागको घोषणा गर्नु भएको छ ।
आज उहाँले फेसबुकमार्फत आजैका मितिबाट पार्टी छाडेको घोषणा गर्नु भएको हो ।
उहाँले लेख्नु भएको छ– ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु । सत्ताइस बर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य । स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्नेछ ।’