६ माघ २०८२, सोमवार

रास्वपाले पाँचै क्षेत्रमा टुंग्यायो उम्मेद्वार : झापा–१ मा निशा डाँगी

६ माघ २०८२, सोमवार
Image

मेचीनगर, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका पाँचै वटा क्षेत्रमा उम्मेद्वार खडा गरेको जनाएको छ ।

पार्टीका नेता ऋषि तिम्सिनाले दिनु भएको जानकारी अनुसार झापा–१ मा निशा डाँगी उम्मेद्वार चयन हुनु भएको छ भने झापा–२ मा उपसभामुख इन्दिरा रानामगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु ढकाल र झापा–५ मा बालेन्द्र साहलाई पार्टीले उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

उपसभामुख रानामगर यसअघिको निर्वाचनमा रास्वपाबाटै समानुपातिक सांसद हुनुहुन्थ्यो भने झापा–५ का उम्मेद्वार बालेन्द्र साह (बालेन) पार्टीका वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका प्रमुख हुनुहुन्छ । झापा–१ की उम्मेद्वार डाँगी पनि यसअघिको चुनावबाट समानुपातिक सांसद् बन्नु भएको थियो ।

उम्मेद्वार दर्ता गर्नका लागि रानामगर र साह काठमाडौंबाट आज झापा आउने तिम्सिनाले जानकारी दिनुभयो ।