नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टी
झापा, ६ माघ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–५ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य रञ्जित तामाङले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
झापाका पाँच वटै निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेद्वारी दर्ता गराइएको पार्टीका जिल्ला संयोजक वीपी भट्टराईले जानकारी दिनुभयो ।
झापा–१ मा अशेष घिमिरे, झापा–२ मा धर्मशीला चापागाई, झापा–३ मा डिल्ली घिमिरे (हिक्मत) र झापा–४ मा पुरुषोत्तम चुडालले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।