२९ वैशाख २०८३, मङ्गलवार

विचार

सोमबारे बन्दको बिकल्प खोजौं

२९ वैशाख २०८३, मङ्गलवार
Image

झापा उद्योग वाणिज्य संघले आफ्नो शाखाको रुपमा २०३८ सालमा बिर्तामोडका व्यवसायीहरुको छाता संगठनको रुपमा आफ्नो शाखा संचालनमा ल्यायो । यसका संस्थापक अध्यक्ष थिए मंगतुराम जलान (हाल स्वर्गीय) । उनको मेची किराना स्टोर्स थियो, त्यो बेला । पचासको दशकदेखि यो किराना स्टोर्स काठमाडौको न्यूरोड पाकोमा सारियो । त्यहाँ पनि मेची किरानाकै नामबाट रह्यो । 

अनारमनी गाबिसबाट बिर्तामोड नगरपालिकामा स्तरोन्नति भएपछि मात्रै यो संघले आफ्नै बिर्तामोड उद्योग बाणिज्य संघको मान्यता पाएसँगै स्वायत्त भएको हो । यसको संस्थापक अध्यक्ष बलराम कार्की हुन् । 

०४३÷४४ सालतिर सानो बिर्तामोड बजार भए पनि साप्ताहिक आइतबार बन्द गर्ने निर्णयले केही वर्ष निरन्तरता पायो । त्यो बेला महाभारत र रामायण जस्ता चर्चित धाराबाहिक सिरियल आउँथ्यो भारतीय टिभी च्यानलबाट । यही धारावाहिक हेर्न छुट्यो भनेर बिभिन्न छलफलपछि आइतबारको बिदालाई सोमबार राखिएको स्मरण गर्नु हुन्छ संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल । 

तत्कालीन अध्यक्ष सुधीरकुमार शिवाकोटी नेतृत्वको समितिले सोमबार बिदाको प्रचलन सुरु गरेको स्मरण गर्नु हुन्छ पूर्व अध्यक्ष अग्रवाल । 

यसरी हेर्दा आज ३५÷३६ वर्षदेखि सोमबार बिर्तामोड बजार बिदाको शृङ्खला चलिरहेको छ । आजसम्म सबै ग्राहक र अन्य क्षेत्रका ब्यवसायीलाई पूर्ण जानकारी भएको छ कि हरेक सोमबार बिर्तामोड बजार बन्द हुछ । यो एउटा आदत नै बनिसक्यो कि सोमवार बन्द भन्ने कुरा । यस बिचमा बजार बढ्यो ।  पंचायत, गाविस हुदै बिर्तामोड नगरपालिका बन्यो अब उपमहानगर बन्ने दौडमा छ भने त्यत्तिकै राजनीतिक ब्यवस्था पनि अनेकौं आए गए फेरि पनि यो सोमबारको पद्दति परिवर्तन हुन सकेको छैन । परिवर्तित समय र अवस्था अनुसार अब यसको पनि बिकल्प खोजिनु पर्छ र समय सान्दर्भिक साप्ताहिक बिदाको थिति बसालौं भन्नेहरुको माग रहेको छ । 

अब के गर्ने ? 

सोमबार बन्दले एकखाले ब्यवसायी खुशी भएको देखिन्छ । त्यस्तै अर्कोतिर सोमबार बन्दले दुई दिन ब्यवसायलाई असर गर्यो भन्नेहरुको जमात पनि उत्तिकै धेरै छ । बैंक तथा बित्तीय संस्था, काठमाडौ केन्द्रीय कार्यालय हुने ठरुला ब्यावसायिक प्रतिष्ठानहरु अटो मोबायल शोरुप, मोटर साईल शोरुम, हार्डवेयर , फर्निचर , ग्रीललगायतका पसलहरु शनिबार नै बन्द हुने गरेका छन् , 

धेरै ठूलो परिणाममा आर्थिक चलखेल हुने यस्ता ठुला प्रतिष्ठानहरु बन्द भएको दिन बिर्तामोड बजार स्वतः निर्जिव जस्तै देखिदै आएकोछ । थप यसमा विद्यालय र सरकारी तथा अर्थ सरकारी कार्यालयहरसमेत बन्द हुनाले बजारमा सवारी साधन र मानिसहरुको चहल पहल अत्यन्तै पातलो देखिदै आएकोछ । यी सबै चुनौति बोकेर हिडेको बिर्तामोड बजारले अपेक्षाकृत ब्यापार गर्न नसकेको गुनासो अधिकांश ब्यवसायीहरुको बिगतदेखि नै रहदै आएकोछ ।

वर्तमानको अवस्था हिजोको जस्तो छैन । परिवारमा आर्थिक अवस्थामा केही सुखद उन्नति भएकोछ । कर्मचारी तथा ठश्रला घरानाका परिवार हप्ताको एक दिन बिदा भएको समयलाई परिवारिक घुमफिर, होटल  रेस्टुरेन्ट गएर खाना खानेदेखि लिएर थोरै फ्रेस हुन चाहनेको जमात बढेकोछ । अन्य दिन बिध्यालय लाग्ने र शनिवार बिदा भएको मौकालाई समेटेर थोरै टाडा शान्त रमण्ीाय ठाउँ गएर घुमफिर गर्ने चलनको बिकास पनि हुदैछ । त्यसकारण उक्त दिन बजार स्वतः सुनसान हुने देखिएकै हो । त्यसैले पनि अपेक्षाकृत ब्यापार हन नसकेको ब्यवसायीहरुले बताउने गरेका छन् ।

यसैमा केही बब्यवसायी साथीहरुको भने फरक तर्क छ कि शनिवार कर्मचारीको बिदा हुने भएकोले परिवारसहित किनमेल गर्न आउनेछन् र त्यस दिन राम्रो ब्यापार गरेकोले यो मौका गुमाउनु हुन्न ।  ठिकै छ , बिदाको दिन कर्मचारीहरुबाट राम्रो ब्यापार हुन्छ भन्ने लाग्छ भने आइतवार पनि बिदा नै छ । त्यसै दिन कर्मचारी सपिङ् डे राखौं भन्न सकिन्छ । शनिवार र आईतवारको दुई दिने बिदा अल्पकालीन हो र यो दीर्घकालिन हँुदैन भन्ने पनि छ अधिकांश साथीअरुको बुझाई । तर, बालेन सरकार प्राबिधिक भएकोले अन्तरास्ट्रिय चलनलाई हेरेर यसलाई दिगो बनाउने रणनितिमै छ बालेन सरकार । जसरी शनिबारको बिदा दिने चलन चन्द्रशम्शेरले बनाएको इतिहास छ , त्यस्तै शनिवार आईतबार बिदा दिने प्रधानमन्त्री बालेन्द्र शाह हुन् भन्ने एउटा सामान्य ज्ञानको ईतिहास बनाउँन चाहेको बुझिन्छ बालेन सरकार । पेट्रोल ,डिजेलको अभावमा बचतिकरकरणको नाममा दिएको दुई दिने बिदा त एउटा रणनिति मात्र हुन सक्छ  भन्ने अनुमान लगाउँन सकिन्छ १ बित्तिय संस्था बन्द हुदा दिनभरीको ब्यापारको पैसाको सुरक्षित बैकिङ् सुबिधा पनि हुदैन शनिबार । 

सोमबारको सकस ः 

शनिबार त्यसै बिदा थप आजकल आईतबार पनि बिदा र त्यसको भोलीपल्ट आईतबार पनि बिदा गर्नाले एकै हप्तामा तिन दिन निरन्तरको बिदाले बजारको ब्यवसाय चौपट भएर आर्थिक ब्यवस्थापन नै प्रतिकुल भएको बताउंछन् अधिकांश ब्यवसायीहरु । अर्कोतिर , सोमबार सहकारी बिदा र पसल बिदा भईदिनाले आमा बुबा घरमा र बच्चाहरु बिध्यालय हुदा पारिवारिक तालमेलमासमेत असर परेको बताउँछन् । त्यस्तै बैंकहरु ग्राहक पर्खेर बसेका हुन्छन् तर बजार बन्द , यसले गर्दा आर्थिक चलखेलमासमेत प्रभाव परेको बुझिन्छ । 

सोमबार बजार बन्द हुदा सरकारी कामकाज सहज तरिकाले गर्न सकिने भएकोले सोमबारलाई नै निरन्तरता दिनुको विकल्प नरहेको एक थरी ब्यवसायीहरुको जिकिर रहेकोछ १ 


यसरी हेर्दा सरकारी कामकाज वर्षमा कति दिन हुन्छ ? र, त्यसको लागि पुरै बजारै बन्द गरिदिनु पर्ने ? भन्ने अन्य ब्यवसायीहरुको प्रतिप्रश्न पनि पुरानै हो । सरकारी काम काज हुन्छ नै त्यसमा पारिवारिक सदस्य बिच काम बांडफांड गरेर पनि यसलाई ब्यस्थापन गर्न सकिन्छ भन्ने लाग्छ ।

त्यसैले पनि बदलिदो परिस्थिति, विश्व बजार र पुरै देशभरिको प्रचलन हेर्दा आर्थिक कृयाकलापलाई चलायमान गर्न, खस्किदो ब्यापारलाई दिगो लयमा फर्काउन शनिवार बन्द र आईतबारदेखि शुक्रवारसम्म अबिछिन्न बजार खुल्ला गरे सहज होला भन्न सकिन्छ । यसै बिच अनेकै सार्वजनिक बिदा त छ्दैछ फेर्रि पनि त्यसको भार पनि ब्यवसायले बोक्नै पर्छ । त्यसर्थ आउनुहोस् साथीहरु सबैले एक मतले शनिवारको साप्ताहिक बन्द  गर्ने प्रणालीको बिकास गरौं भन्ने आग्रह पनि आम ब्यसवायी साथीहरुमा गर्न चाहन्छौं ।

त्यसको भार पनि ब्यवसायले बोक्नै परेको छ । परिवर्तित अवस्था अनुसार पनि हामीले स्वयमले सरकारलाई पछ्याउने पो हो कि भन्ने लागेकोछ । 

संयोग नै भनौं हिजो सोमबारको दिन अधिकांश पसलहरु खुलेको पाईयो । यसले पनि देखिन्छ कि ब्यवसायीहरु अब सोमबारको विकल्प खोज्न थालेका छन् । यसले पनि छाता संगठन बाणिज्य संघलाई आफ्नो धारणा बनाउँन थप बल पुग्ने विश्वास लिएका छौं ।

लेखकको बारेमा
Image
बीरु दर्नाल

पत्रकारितमा स्नातक बीरु दर्नाल विर्तामोड निवासी हुनुहुन्छ । उहाँ गोखार फाउन्डेसनको संस्थापक अध्यक्ष हुनुहुन्छ ।