१ जेठ २०८१, मङ्गलवार

हतियारमा धार लगाउँदै शी लिड्स

११ जेठ २०८०, बिहिवार
Image

शी लिड्स अर्थात म नेतृत्व गर्न सक्छु । महिला नेतृन्व ,दलित महिला केन्द्र नेपालको आयोजना तथा अइएफइएसको प्रविधिक सहयोगमा स्वीस सरकार तथा अष्ट्रिलियन सरकारको सहयोगमा महिलाहरुले नेतृत्व लिनुपर्छ र निर्णायक तह सम्म पुग्नुपर्छ, त्यस्को लागि अवश्यक नेतृत्व गर्न सिकाउने मुख्य धर्म बोकेको शी लिड्सले कोशी प्रदेशका झापा मोरङ्घ, सुनसरी, ओखलढुङ्घा तथा खोटाङ्घ जिल्लाका ३९ पालिकामा निर्वाचित महिला जनपतिनिधिहरुलाई विगत २०७४ सालको स्थानीय तहको निर्वाचन पछि नेतृत्व गर्न सिकाउँदै अइरहेछ । शी लिड्स को त्यो नेतृत्व विकासको निरन्तरको तालिमले धेरै महिला जनप्रतिनिधिहरुको यात्रा नै मोडिदिएको बिर्तामोडकी एक जनप्रतिनिधि बताउँछन् ।

जनप्रतिनिधि भएको एक वर्षसम्म कुरा सुनेरै बित्यो । राजनीतिको ‘र’ नबुझेकी म एकैपटक नगरपरिषद सदस्य समेत हुँदा के गर्ने के गर्ने भयो रु एकवर्ष सम्म केही बोलिन, अरुले बोलेका बेला मुख मुखमा हेरेर मात्र बस्थे, के बाटो निर्माण, के पैनी रु के बजेट रु केही पनि थाहा थिएन् । कुहिरोको काग झै भएरै बित्यो पहिलो १ वर्ष त–यो अनुभव हो, झापा बिर्तामोड नगरपालिका वडा नं।–९ कि दलित वडा सदस्य संगीता शिवाको । वडामा आफू निर्वाचित भएकै पार्टीबाट सबै जनप्रतिनिधि हुनु, अनि नगर परिषदमा उही दलको बहुमत भएका कारण पनि कुनै कुराको प्रतिवाद गर्नुपर्छ भन्ने लागेन रे उनलाई । आफूले उठाएका विषयबस्तु सम्बोधन नभएपनि बहुमतले गरेको निणर्य, आफ्नै पार्टीका अग्रजहरुले गरेको निर्र्णय, मैले उठाएको विषय नै ठिक थिएनकी भन्ने लाग्दै सबै निर्णयलाई स्विकार गर्दै आएको उनी बताउँछिन् । कुनै पनि निर्णयमा चित्त नबुझे असहमति राख्न सकिन्छ भन्ने सम्म पनि ज्ञान नभएको शिवाले बताएन् । उनले भनिन्–बहुमतले गरेको निर्णय मान्नुपर्छ भन्ने मात्र थियो, तर जब शी लिड्सको तालिम लिएँ त्यो पछि मात्रै बुझेंकी आफ्नो र आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने रहेछ, निर्णयमा चित्त नबुझे असहमति राख्न पाइदो रहेछ, शिवाले थपिन्–‘त्यसपछि त नोट अफ डिसेन्ट लेख्नेसम्मको हिम्मत राखें र लेखें पनि, त्यो साहस शी लिड्सले भरिदियो ।’

२१ वर्षको रहर लाग्दो उमेरमा राजनीति बुझ्दै नबुझेकी शिवालाई २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दलित महिला सदस्यका रुपमा बिर्तामोड वडा नं।–९ मा उम्मेद्वार बनायो । घर गाउँमै भएपनि स्कूल जाने आउने, कलेज जाने आउने भन्दा अरु कामले घरबाहिर ननिस्केको बताउने शिवा भन्छिन्–‘बिहान घरकै छेउबाट कलेज बसमा चढ्यो, फर्कंदा बसले घर छेउमै छोड्थ्यो, त्यो बाहेकको समय घरमै बित्थ्यो उनले थपिन् कलेजमा कुनै संगठनमा आवद्ध पनि थिइन्, उनले थपिन्–‘राजनीतिको ‘र’ पनि थाहा थिएन, संविधानले गरेको व्यवस्था अनुसार प्रतिनिधित्व गर्न पाएपनि के गर्नुपर्छ, भन्ने कुनै पनि कुरा थाहा थिएन ।’ राजनीति नबुझी जनप्रतिनिधि भएकी उनी पहिलो कार्यकाल सम्पन्न भएपछि पुन: दोहोर्याउने पक्षमा थिइनन् रे । तर, त्यही कार्यकाल सकिनै लाग्दा उही शी लिड्सबाट पाएको एउटै तालिमबाट फेरी दोस्रो पटक जनप्रतिनिधि हुने उत्साह बढेको शिवाको भनाई छ । साथीभाईसंग हिड्ने, मनपरेको कपडा लगाउने, मन लागेको खानेकुरा खाने, साथीसंगीसंग रमाइलो गर्ने उमेरमा जनप्रतिनिधि भएर हिड्नुपर्दा संगीतालाई कहाँ फसिएछ जस्तै लाग्यो रे १ साथीहरुको लवज, हिंडेको घुमेको देख्दा रमाइलो गर्ने उमेरमा के मा फसिएछ झंै लाग्थ्यो, त्यै भएर फेरी पनि नदोहोर्याउने निर्णयमा पुगेकी थिए, उनले थपिन्–‘तर, जब शी लिड्सबाट तालिम लिंए, त्यो पछि त आफ्ना लागि, आफ्नो समुदायको अधिकारका लागि त आफैं लड्नुपर्ने र छ भन्ने लाग्यो र उम्मेद्वार बने जितेंपनि ।’

दोस्रो कार्यकालका लागि उही पदमा जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहँदा शिवाले कहिले काँही कार्यवाहकको रुपमा वडाध्यक्षको अनुभव समेत बटुल्न पाएकी छन् । सदस्य मात्र हुँदा वडाको प्रशासनिक कामबारे खासै भूमिका रहन्न । लक्षित बजेट र वडाले तोकेको जिम्मेवारी पूरा गर्ने मात्रै हो । तर, २०७२ पछि जारी संविधान र उक्त संविधानको जगमा टेकेर भएको राज्य पुर्नसंरचनाका कारण जनताको सबैभन्दा नजिकको अभिभावक वडा नै भएको छ । सेवा प्रवाहका अधिकतम अधिकार वडालाई प्रत्यायोजन भएसंगै प्रशासनिक क्षेत्रका महत्वपूर्ण कामहरु वडाबाटै हुन्छन् । त्यही महत्वपूर्ण जिम्मेवारी बहन गर्ने मौका शिवाले पनि पाउने गरेकी छन् । पहिलो पटक तुलनात्मक रुपमा लामो समय वडाको प्रशासनिक जिम्मेवारी सम्हाल्दाको अनुभव सुनाउँदै शिवा भन्छिन्–‘प्रशासनिक फाँटको जिम्मेवारी पनि जान्ने मौका पाएँ । कार्यकारिण्ी भूमिकामा बसेर काम गर्दा धेर्रै नै नलेज बढेर जाने महशुस गरें ।, कतिपय कुरा गर्दै काम गर्दै जाँदा थाहा हुने, नयाँ कुरा पनि आउने एकैचोटी रातो कलम चालउनु पर्दा कताकता डर डर जस्तो पनि फिल हुने, कार्यवाहक बसेपछि अलिकति गल्ती कमजोरीका कुराहरु पनि त्यो बेला छिराउन सकिन्छ भनेर मान्छेको ध्यान जाने हुँदा आफू अझ बढी नै सजग हुनुपर्ने हुँदा थोरै थोरै कता कता चिसो पनि हुँदोरत कतै चुकिन्छ कि भन्ने डर पनि लाग्दोरछ ।’ शिवाले थप्नि–‘तर त्यहाँ बसिरहँदा काम गर्न सकिन्छ भन्ने छुट्टटै कन्फिडेन्ट पनि बढेर जाँदोरछ ।’ वडा समितिमा आफूभन्दा सबै अग्रज भएपनि लामो समय कार्यवाहक पाउनुमा शैक्षिक योग्यता, परिवेशबारे जानकार हुनुका साथै बोल्छे भन्ने विश्वास पनि होला भन्ने उनको अनुमान छ । यसरी मेरो अत्माविश्वा वढाउनमा शि लिड्सका विभिन्न चरणका तालिमको नै प्रमुख देन रहेको छ ।

पहिलो कार्यकालको पहिलो वर्ष कुहिरोको काग झंै हुनुका साथै जनप्रतिनिधि भएर आफ्ना साथी सर्कल सबै छुट्यो भन्ने लागेर फेरी नदोहोर्याउने मुडमा पुगेकी शिवालाई त्यही कार्यकालको अन्तिम वर्षमा पाएको  तालिमले आफूमा धार नै लगाएको बताउँछिन् । उनी भन्छिन्–‘पहिले आवाज आउथ्यो, तर बोल्न डर लाग्थ्यो, जब कार्यकालको अन्तिमतिर शी लिड्सको तालिममा बस्न पाएँ त्यो नै ठूलो उपलब्धी भयो, दोस्रो कार्यकालमा पुर्याउने शी लिड्स नै हो’ शिवाले थपिन्–‘त्यो तालिमले त धार नै लगाएर पठायो ।’

राजनीतिमा र नजानेकी शिवालाई जनप्रतिनिधि हुन घर–परिवार र पारिवारिक दलगत आवद्धताले घचेट्यो रे । जागिर मात्रै सबै कुरा होइन, पढेलेखेका मान्छेले पनि राजनीतिमा अघि बढ्नुपर्छ भनेपछि पहिलो पटक जनप्रतिनिधि भएकी उनी त्यसको श्रेय शी लिड्सलाई दिन्छिन्–‘भोटर्स, परिवार पछिसंगसंगै कुदेको शी लिड्स नै हो, अधिकार खोज्नु पर्छ भन्ने थाहा थियो, तर बोल्न सकिरहेका थिएनौं, तर शी लिड्सले भुत्ते हतियारमा धार नै लगाएर पठायो ।’ आवाज आउथ्यो तर बोल्न डर लाग्थ्यो, आफ्नो अधिकार आफैं खोज्नुपर्छ, आवाज उठाउनु पर्छ, बोल्नु पर्छ, जहाँ गएर पनि अधिकारका लागि फाइट गर्न सक्ने चाहिं शी लिड्सले नै बनायो ।

वडामा लक्षित बजेट बिनियोजनका सम्बन्धमा अझै पनि समुदायलाई बजेट छुट्याउने कुरामा  आनाकानी हुने गरेको अनुभव संगालेकी शिवा भन्छिन्–‘अब त दलित नभनी हाले हुन्छ कि भन्ने आशय आउँछ, समूहलाई बजेट धेरै छुट्याउँछौं, तर समूदायलाई छुट्याउन अलि आनाकानी गरेको अवस्था छ, समूह भन्दा समुदाय ठूलो हो, त्यसो नगरे हुने जस्तो लाग्छ ।’ बजेट बिनियोजन र कार्यान्वयनको कुरा आफ्नो प्रस्तुतीमा पनि भर पर्ने उनको भनाई छ ।, म मा पहिलो कार्यकालको पनि अनुभव छ र म भिड्छु, तर नयाँ आउनु भएकालाई थाहा नहुन सक्छ, बजेट के हो कुहिरोको काग झैं हुन पनि सक्छ ।’ स्कूल तह सकेर क्याम्पस पढ्न थालेसंगै साथीहरुसंग रमाउनुको सट्टा, बाटो, पुल, पैनी, अधिकार, सचेतना, समाज भन्दै हिड्नु पर्दा आफू कहाँ फसिएछ भन्ने पीडा संगालेकी संगीता अहिले निर्धक्का साथ भन्छिन्–‘बल्ल बानी परें ।’ उनले थपिन्–‘अब यतै रमाउन थालेकी छु ।’

लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागिता राजनीतिमा महिला सहभागिताको पहुँच बृद्धिका लागि काम गर्दै आएको दलित महिला केन्द्र नेपाल ९शी लिड्स० ले नेतृत्व गर्दै आएको छ र यी उपलब्धि प्राप्त गर्न मलाई सचेत गराउने पनि शिलिड्स नै हो । शी लिड्सले राजनीतिमा महिलाको सहभागिताको अवस्था,लैङ्गिकताको परिभाषा र बुझाई, लैङ्गिक समानता, लैङ्गिक समानताका सवालमा ब्यख्या विश्लेषण, महिला नेतृत्व र लैंङ्गिक समानताका लागि सहयोगी बन्नुपर्ने कारण, बिशेष अधिकार, दलित हक, अधिकार लगायतका विषयमा जागरुक गराउनेदेखि आवाज उठाउन उत्प्रेरित गर्दै आएको छ ।

साथै नेतृत्वमा महिलालाई अब्बल बनाउन मुख्य रुपमा अर्थ ९ पैसा ० को ठुलो महत्व हुने रहेछ भन्ने वुझेकी संगिताल आजभोलि महिला उत्थानका लागि गरिबी निवारण गर्न वडामा वहस पैरवि, छलफल गर्दै वडाकै वजेट मार्फत सीपमुलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।  नीति कार्यक्रम र बजेट निर्माणमा महिलाको सहभागीता र प्राथमिकता र अवसर, क्षमताको आधारमा जिम्मेवारी प्रदान, दलित/महिलाहरुको विशेषाधिकार, भूमिका र जिम्मेवारी बाँडफाँडमा पदीय दायित्व अनुसारको भूमिका खोज्न उत्प्रेरित गर्ने शी लिड्सले चरणवद्ध संचालन गरिएका तालिमहरुनै हुन र यी कार्यक्रम निरन्तर रुपमा चलिरहनुपर्छ जवसम्म महिला पुर्ण रुमा क्षमातावान भई पूरुष सरह निर्णायक स्थान मा पूग्दैनन ।”

लेखकको बारेमा
Image
रेजिना गौतम

रेजिना गौतम नारी सञ्चार गृह झापाकी अध्यक्ष हुनुहुन्छ