९ माघ २०८२, बिहिवार

बीएन्डसीमा अब छाला तथा सौन्दर्य सम्बन्धी अत्याधुनिक सेवा सुरु

९ माघ २०८२, बिहिवार
Image

विर्तामोड, ८ माघ । पूर्वकै प्रतिष्ठित स्वास्थ्य संस्था बीएन्डसी अस्पतालले अत्याधुनिक उपकरणसहितको विस्तृत छाला रोग उपचार सेवा (डर्मटोलोजी) सञ्चालनमा ल्याएको छ । अस्पतालले बुधबार पत्रकार सम्मेलन गर्दै पूर्वमै पहिलोपटक यस्तो सुविधायुक्त सेवा सुरु गरिएको जानकारी दिएको हो ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार नयाँ सेवा छुट्टै भवनबाट सञ्चालनमा ल्याइएको छ । यो सेवा अन्तर्गत छाला सम्बन्धी सबै प्रकारका जटिल रोगहरू, कपाल र नङ झर्ने, नङका विकार र संक्रमणको उपचार, म्यूकोसल डिसअडर्स (मुख तथा संवेदनशील अंगका झिल्ली) सम्बन्धी समस्या लगायत पर्दछन् । 

कोठी, दाग हटाउने सम्बन्धी उपचार समेत रहेको छ ।

वरिष्ठ छाला रोग विशेषज्ञ डा. अनिल तिम्सिनासहितको दक्ष टोलीले बिरामीलाई सेवा प्रदान गर्ने जनाइएको छ । सरकारी स्वास्थ्य बिमा अन्तर्गत पनि सेवा लिन सकिने व्यवस्था मिलाइएको गिरीले बताउनुभयो ।

हाल दैनिक १०० भन्दा बढी बिरामीले यो सेवा लिइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो एक महिनादेखि यो सेवा अब पूर्ण क्षमताका साथ उपलब्ध रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोगले गर्दा अब छाला सम्बन्धी जटिल उपचारका लागि काठमाडौँ वा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता अन्त्य भएको डा. अनिल तिम्सिनाले बताउनुभयो ।