१० फागुन २०८२, आइतवार

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

११ मंसिर २०७९, आइतवार
Image

दाङ, १० मंसिर


दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँ निवासी ४५ वर्षीय सुरेश डाँगीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनलाई शनिबार दिउँसो सवा बजेको समयमा मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।