२० कार्तिक २०८२, बुधवार

पाहुना टोलीविरुद्ध गोल वर्षा गर्दै एपीएफ सेमिफाइनलमा

२० कार्तिक २०८२, बुधवार
Image

झापा, १८ कात्तिक  शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा आज भएको खेलमा विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौँ बिजयी बनेको छ ।

एपीएफले पाहुना टोली सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै एपीएफ टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले खेलको २९ औँ मिनेटमा सविता राना मगरको पहिलो गोल र ३८ औँ मिनेटमा अनिता बस्नेतको दोस्रो गोलमार्फत अग्रता बढाएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा एपीएफले लगातार दुई गोल थपेको थियो भने ४१ औँ मिनेटमा एपीएफकी रश्मिकुमारी घिसिङले र इन्जुरी समयमा अनिता बस्नेतले अर्को गोल थपेकी थिइन् । पहिलो हाफमै एपीएफले पाँच गोलका साथ अग्रता लिएको थियो ।

दोस्रो हाफमा एपीएफकी अनिता केसीले ७१ औँ मिनेटमा र ८४ औँ मिनेटमा रश्मिकुमारीले गोल थपेका थिए ।

सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले यो हारलाई सिकाइ अनुभवका रूपमा लिएको बताउनु भएको छ । “हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गर्नेछौं,” उहाँको भनाई थियो ।