इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप
इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप
मेचीनगर, २८ पुस । इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि भारतको तराई प्रेस क्लब दार्जीलिङले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई शून्यका विरुद्ध दुई गोलले हराउँदै दार्जीलिङको तराई प्रेस क्लवले उपाधि जितेको हो ।
उपाधिसँगै बिजेताले नगद रु. ५० हजार प्राप्त गरेको छ भने उपविजेताले नगद रु. २५ हजार पाएको छ ।